Categories: साहित्य Tue, August 4, 2009, 01:28:34 PM
– कृष्ण शाह यात्री

कृष्ण शाह यात्री
उसको काम लाससँग चलखेल गर्नु हो अर्थात् भनौँ ऊ अकालमा मरेकाहरूको ‘पोस्टमार्टम’ गर्ने काम गर्दछ। उसको कर्मलाई कतिले महान् र पुण्यको काम ठान्छ भने कतिले त्यसलाई घृणा र हेयको दृष्टिले समेत हेर्दछ।
जसले, जे भने पनि उसले आफ्नो काम छाडेको छैन। अस्पतालको लासघरको फ्रिजमा राखिएका अधिकांश लासलाई उसले न्याय गरेको छ। अचेल त को व्यक्ति, के कारणले मरेको हो? भन्ने कुरा उसलाई लासको प्रकृति हेरेर नै थाहा लाग्ने भइसकेको छ। जुन कुरामा ऊ गर्व पनि गर्दछ।
उसले यसरी धेरैजनाको पोस्टमार्टम गरिसकेको छ। नेता, अभिनेता, चित्रकार, व्यापारी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी आदि विभिन्न पेसा र वर्गका अकालमा मरेका, मारिएका नर तथा नारीहरूको अङ्ग/प्रत्यङ्ग नहिच्किचाईकन उसले चिरफार गरेको छ। सुरुसुरुमा उसलाई अप्ठ्यारो लाग्ने गरे पनि पछि–पछि त भुत्तेऔजारले समेत ऊ लासलाई जबर्जस्ती रेट्दै काट्न पटक्कै नहिच्किचाउने भइसकेको थियो। (more…)
Category: साहित्य |
1 Comment »
Categories: डियरनेपाल, बिचार, समाचार Mon, August 3, 2009, 07:24:25 AM
– डियरनेपाल
‘बत्तिमुनि अँध्यारो’ भनाइसँग मेल खाने दुइटा खबर डियरनेपालले भेट्टाएको छ।
खबरको छन्द यस्तो छ :
- ‘छोरो भेट्न नपाएपछि रोए प्रधानमन्त्रीका पिता’
- ‘प्रधानमन्त्रीपुत्र मदिरामा मस्त’

हजुरबाको कथा
प्रचण्डका बाबु मुक्तिरामले आफ्नो जेठो छोरोको नाकमुख नदेखेको ठ्याम्मै डेढ वर्ष भएछ। उनी प्रचण्डले चुनाव जितेकै चोक कीर्तिपुरको नयाँ बजारमा छोरीज्वाइँसँग बस्दै आएका रहेछन्। त्रिवि परिसरमा छोरो आउने खबर सुनेर हानिएर पुगेछन् मुक्तिराम। न्यासि्रएका, रसिला बुढ्यौली आँखाले धेरैबेर कुरे। तर, अहँ, प्रचण्ड आएनन्। मुक्तिराम तरक्क आँसु चुहाएर फर्किए। बाँकी पढ्न यहाँ क्लिक गर्नुहोस्
Category: डियरनेपाल, बिचार, समाचार |
11 Comments »
Categories: नागरिक न्युज Mon, August 3, 2009, 07:23:25 AM
रक्सी खाँदाखाँदै एक जोडी प्रौढबीच दुई शब्द प्रेमको चल्यो। प्रेम प्रसङ्गमै बिहेको कुरा चल्यो। त्यसपछि एकले अर्कासमक्ष विवाहको प्रस्ताव राखे। प्रस्ताव सहर्ष स्वीकार गरियो र चलचित्रको शैलीमा दुवै जना नजिकको काली मन्दिर पुगे। पाँच रुपैयाँको सिन्दूर खर्चियो र सम्पन्न भयो एक मिनेटमा विवाह।
झापा जिल्ला चन्द्रगढी-७ बस्ने ६० वर्षीय जोगी मलिक र सतार जातकी ४० वर्षीया एक महिलाबीच बिहीबार अपराह्न चन्द्रगढीस्थित काली मन्दिरमा यसरी विवाह सम्पन्न भयो। हाटकै एक रक्सी पसलमा रक्सी खाँदाखाँदै उनीहरुले विवाहको फैसला गरेका हुन्। (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Sun, August 2, 2009, 11:36:51 PM
काखे नानीलाई खेलाउँदा पनि हिन्दीमै बोल्ने वैश्य (हलुवाई) समुदायले बिहीबार विराटनगरमा आयोजना गरेको एक धार्मिक कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले नेपालीमा भाषण गरे। भारतका विभिन्न प्रान्तका वैश्य समुदायलाई समेत डाकिएको उक्त कार्यक्रममा हिन्दीमै बोल्ने अनुमानविपरित उनले नेपालीमा बोलेपछि सबै उपस्थितबीच खासखुस चल्यो। (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Sun, August 2, 2009, 10:00:44 PM
माओवादी नेताहरु आफ्नै व्यक्तिगत वेबसाइटमा रम्न थालेपछि पार्टीको आधिकारिक साइट cpnm.org अलपत्र परेको छ। साइटमाथि चिनियाँ स्पाम साइटले आक्रमण गरेर खुल्न नसक्ने बनाउँदा समेत पार्टी बेखबर छ।
जनयुद्ध कालमा पार्टीका आधिकारिक वक्तव्य, सूचना र समाचारहरु सम्प्रेषण गरिने ६ वर्षदेखि सञ्चालनमा रहेको सो साइट माओवादी खुला राजनीतिमा आएदेखि नै निस्क्रिय छ। यहाँसम्म कि अहिले सो साइट कसको नियन्त्रणमा छ भन्ने तथ्यबाट पनि माओवादी नेतृत्व बेखबर छ। (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Sun, August 2, 2009, 07:27:32 PM
प्रधानमन्त्री निवास बालुवाटारमा जडान भएका झण्डै दुई दर्जन टेलिफोनमा उठेको डेढ करोड रुपैयाँ महसुल लामो समयदेखि तिरिएको छैन।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मात्र ३२ लाइन टेलिफोन जडान छन्। यीमध्ये २२ लाइन साचालनमा छन्। यी लाइनमा उठेको महसुल बर्षौदेखि तिरिएको छैन। (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Sun, August 2, 2009, 04:53:29 PM
राजधानीको त्रिचन्द्र क्याम्पसका प्रमूख हरिप्रसाद पराजुली केही बेर अघि क्याम्पस हाता भित्रै कुटिएका छन् । त्रिचन्द्र गोली काण्डका आरोपीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको भन्दै एक हुल व्यक्तिहरु क्याम्पसमा आई पराजुलीलाई कुर्सीले हानेको त्रिचन्द्रका स्ववीयु सचिव सन्जय यादवले जानकारी दिएका छन् । (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Fri, July 24, 2009, 01:52:45 PM
लामो समयको विश्रामपछि मनीषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ बलिउडमा पुनरागमन गर्दैछिन्। उनी यसपटक एकसाथ तीनवटा फिल्ममा आउँदैछिन्। सबैमा उनी पहिलेभन्दा दुब्ली देखिनेछिन्।मनीषाको पुनरागमन हुने पहिलो फिल्म ‘चेहेरे’ हो।
(more…)
Category: नागरिक न्युज |
1 Comment »
Categories: नागरिक न्युज Fri, July 24, 2009, 01:00:01 PM
केही समयअघि सम्म यिनको परिचय गायिकाको थियो। आजभोलि टिभी च्यानलमा सबैभन्दा धेरै विज्ञापन देखिने श्रुति हसनलाई फिल्म ‘लक’ले यिनलाई हिरोइन बनाउँदैछ। एक्सनप्याक यो फिल्ममा उनी इमरान खानको जोडीका रुपमा देखिँदैछिन्। (more…)
Category: नागरिक न्युज |
No Comments »
Categories: नागरिक न्युज Fri, July 24, 2009, 09:03:36 AM
तनहुँको सदरमुकाम दमौलीस्थित बाराही आवासीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अमित नेपालीको शिक्षकको पिटाइबाट देब्रे हात भाँचिएको हो।
सो विद्यालयका शिक्षक जीवन शाहीले गृहकार्य नगरेको भन्दै गत मङ्गलबार पाइपले हिर्काउँदा छात्र नेपालीको हात भाँचिएको हो। (more…)
Category: नागरिक न्युज |
1 Comment »